नमराजको नेतृत्वमा राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान

काठमाडौं । राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा नमराज ढुंगाना चयन हुनुभएको छ । संस्थाको हालै आयोजित महाधिवेशनबाट ढुंगानाको नेतृृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रामकुमार केसी, उपाध्यक्ष मीना थापा, महासचिव चन्द्रमणि गौतम, सचिव सागर लम्साल बले, सहसचिव भीमसेन खतिवडा कोषाध्यक्ष कुसुम दुलाल सिम्रन, सहकोषाध्यक्ष विष्णु तामाङ, सदस्यमा सूर्यमणि आचार्य, शोभा थापा, शिवराम भण्डारी र बाबुराम भट्टराई रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्षले संस्थालाई प्रदेशिक संरचनामा लैजाने बताउनुभयो । कार्यक्रममा संस्थाले मानर्थ सदस्यसमेत वितरण गरेको थियो । जसमा निर्देशक सुदर्शन थापा, गायक आर्जन पाण्डे, कलाकार प्रेम पाण्डे, गायक नवीनकुमार पौडेल, कलाकार तेजबहादुर गिरी, कोरियोग्राफर कृष्ण रसाल, मोडल रुबिना अधिकारी, मेकअप आर्टिस गीता पौडेल, गायक सीडी विजय अधिकारी, नारायणबहादुर थापा, निर्देशक निरेन श्रेष्ठलगायतले संस्थाको मानर्थ सदस्यता प्राप्त गर्नुभएको थियो भने शुभाष बजागाईं र शंकर भट्टराईलाई आजीवन सदस्य प्रदान गरिएको थियो ।

‘राष्ट्रिय लोक तथा सांस्कृतिक प्रतिष्ठान’ बहुजातीय, बहुभाषी तथा विविध सांस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको हो । २२ वर्षअगाडि शिवनारायण जोशीको अध्यक्षतामा गठित प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष ढुंगाना यसअगाडि महासचिव हुनुहुन्थ्यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after