भारतमा निलम्बित सांसदको संख्या १४१ पुग्यो

एजेन्सी । भारतमा संसद्को हिउँदे अधिवेशनमा विपक्षी सांसदहरूले विरोध गरेपछि थप ४९ सांसद निलम्बनमा परेका छन् । यसरी संसद्को इतिहासमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा निलम्बनमा परेका हुन् ।

आजको समेत गरेर निलम्बित सांसदको संख्या १४१ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निलम्बित सांसदहरूलाई हिउँदे अधिवेशनको सम्पूर्ण कामकाजमा भाग लिनबाट रोक लगाइएको छ । सुप्रिया सुले, मनिष तिवारी, शशी थरुर, मोहम्मद फैसल, कार्ती चिदम्बरम, सुदीप बन्धोपाध्याय, डिम्पल यादव र दानिश अली लगायत लोकसभाका धेरै विपक्षी सांसदहरूलाई संसद्को शीतकालीन सत्रको बाँकी अवधिको लागि निलम्बन गरिएको थियो ।

लोक सभामा केन्द्रीय मन्त्री अर्जुनराम मेघवालले सुप्रिया सुले, मनिष तिवारी, शशि थरुर, मोहम्मद फैसल, कार्ती चिदम्बरम, सुदीप बन्धोपाध्याय, डिम्पल यादव र दानिश अलीलगायत अन्य विपक्षी सांसदहरूलाई निलम्बन गर्ने प्रस्ताव राखेका थिए । यसअघि सोमबार लोक सभाका ३३ र राज्य सभाका ४५ सांसदसहित ७८ सांसद निलम्बित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री