काठमाडौं । ललितपुरको भैंसेपाटीमा रहेको निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी भएको छ । क्वाटर निर्माणमा खटिएका कामदार बस्ने छाप्रोमा आगो लागेको हो ।
बिहान खाना बनाउने क्रममा क्वार्टरभित्र रहेको कामदार बस्ने छाप्रोमा आगो लागेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले बताए ।
आगोलागीबाट मानवीय क्षति नभएको उनले बताए । आज बिहान ११ बजे लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ । सामान्य क्षति मात्र भएको प्रवक्ता कार्कीको भनाइ छ ।
तपाईंको प्रतिकृया




