काठमाडौं । पुस १० गते प्रधानमन्त्री बनेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् । उनले यो कार्यालभन्दा आउने कार्यकालमा छुट्टै तरिकाले काम गर्ने गरी एजेण्डसहित सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका हुन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदै छ ।
त्यही अवसरमा प्रधानमन्त्री प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको छ । प्रधानमन्त्री प्रचण्ड आफैँले एक वर्षपछि नयाँ ढंगले काम गर्न चाहेको बताउँदै आएका छन् । उनले सोमबार आफ्नो कार्यकालको दोस्रो वर्षलाई विशेष बनाउन चाहेको बताएका थिए ।
एक वर्षपछि अर्को ढंगले काम गर्न चाहन्छु । प्रदेश र स्थानीय तहलाई बलियो बनाउनका लागि मैले फरक ढंगले काम गर्न लागेको छु,’ सोमबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा प्रधानमन्त्री दाहालले भनेका थिए ।, सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसमा भने सरकारको नेतृत्व फर्नुपर्ने आवाज उठिरहेको छ ।
कांग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डले अब सरकारको नेतृत्व छोड्नुपर्ने बताइरहेका छन् । कागे्रसका अन्य नेताहरुले पनि सरकारको आलोचना गर्दै यो सरकार परिवर्तन गर्नुपर्ने आवाज उठाउनु थालेका छन् । प्रतिपक्ष दल नेकपा एमाले जसरी हुन्छ प्रचण्डलाई सरकारको नेतृत्वबाट हटाउने प्रयत्नमा छ ।



