विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जीप्रति समाजवादी मोर्चाको आपत्ति

काठमाडौं । समाजवादी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत रहेका समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गर्दै विप्लव र प्रकाण्ड लगायत नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान पनि विज्ञप्तिमा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री