महोत्सवमा पल शाहको सुनको ‘ब्रासलेट’ हरायो

काठमाडौँ । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ । शनिबार शाहको करिब ३ तोला (दाबी गरिएको) सुनको ब्रासलेट हराएको हो ।

स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरूले हात तानेर ब्रासलेट खोसेको बताइएको छ । तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ । ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए । उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन ।

तर शाहले ब्रासलेट हराएकोमा कुनै दुख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे । पलको प्रस्तुति चलिरहेका बेला उद्घोषकले पनि उनको ब्रासलेट हराएको जानकारी गराएका थिए । प्रहरीले भने ब्रासलेट हराएको विषयमा जानकारी नै नआएको जनाएको छ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after