युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंकले गर्‍यो रणनीतिक साझेदारी

काठाडौँ । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंकले रणनीतिक साझेदारी गरेको छ । जसअनुसार बैंकले अल अन्सारी एक्सचेन्जसँग रणनीतिक साझेदारी सम्पन्न गरेको हो ।

समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने छ ।

साझेदारी कार्यान्वयनमा आए पश्चात् अब उक्त एक्सजेन्चबाट बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इसेवाको ब्रान्ड दूत नियुक्त भए कलाकार सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ …

प्रतिकृया दिनुहॊस