लगातार तेस्रो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन बढेको छ । बुधबार र बिहिबार उकालो लागेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो ।

बिहीबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री