काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले सञ्चार उद्यमी सम्भव सिरोहियासँग लगनगाँठो कसेकी हुन् ।
काठमाडौंको हायात होटलमा चलिरहेको विवाह समारोहमा श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ ।
पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ । श्रृंखला र सम्भवले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
तपाईंको प्रतिकृया



