सभामुख घिमिरेले पाण्डेयलाई दिए संघीय संसद् सचिवालयको महासचिवको जिम्मेवारी

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयलाई संघीय संसदको महासचिवको जिम्मेवारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसद्को महासचिवमा नियुक्ति गर्न गरिएको सिफारिस ‘पेन्डिङ’मा राखेपछि सभामुख घिमिरेले आज उनलाई कार्यवाहक महासचिव तोकेका हुन् ।

सभामुखले घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेको सभामुख सचिवालयले जनाएको छ । प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री