काठमडौं । म्यानमार पुर्याएर बन्धक बनाएर अनलाइन स्क्यामको काममा लगाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
गोरखा धार्चे गाउँपालिका–४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।
थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाएका थिए । पीडितहरूलाई थाइल्याण्डस्थित कम्पनीमा अंग्रेजी टाइपिङको काममा मासिक एक हजार डलर कमाई हुने तथा खाने, बस्ने व्यवस्था समेत कम्पनीले नै गर्ने भनि प्रलोभन देखाएको पाइएको प्रहरीले जनाएको छ ।
त्यहाँ बन्धक बनाएर १८/२० घण्टासम्म काममा खटाएर बन्धक बनाएको एसपी पंगेनीले बताए । कम्पनीले तोकेअनुसारको टार्गेट पुर्याउन नसकेमा कुटपिट गर्ने, करेन्ट लगाउने लगायतका शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताएका छन्।
पक्राउ परेकी गुरूङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
प्रतिकृया दिनुहॊस