प्रयोगकर्ताहरुलाई एम्बेसेडर बन्ने अवसरसहित भिभो वाई२७एस नेपालमा सार्वजनिक

काठमाडौं । भिभोले वाई सिरिज अन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई२७एस नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा आकर्षक डिजाइन, शानदार पर्फमेन्श र उत्कृष्ट क्यामेरा क्षमताहरू रहेको कम्पनीले जनाएको छ ।

अल्ट्रा–स्लिम डिजाइनमा आउँने वाई२७एस दुई निकै आकर्षक रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध हुने भन्दै कम्पनीले यस स्मार्टफोनको लञ्च संगै भिभोले नयाँ स्मार्टफोनको अनुभव लिने मौका बाहेक #vivoCoolAmbassador अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्नेछ ।

वाई२७एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ जसले सहज ट्रान्जिशन डिस्प्लेको अनुभव प्रदान गर्दछ । साथै विस्तारित र प्रभावकारी उपयोगका लागि यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ । यसबाहेक, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । फाइल र डकोमेन्टरू राख्न पर्याप्त ठाँउ उपलब्ध गराउन यसमा २५६ जीवी रोम पनि रहेको छ भने स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ ।

“भिभोको वाई सिरिजले उपभोक्ताको आवश्यकताहरू पूरा गर्न अथक प्राविधिक आविष्कारहरु गर्दै आइरहेको छ । यो नयाँ स्मार्टफोनले सुन्दर क्षणहरू सहजै कैद गरेर अतुलनीय प्रयोगकर्ता अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । पर्फमेन्श वृद्धि गर्न प्रतिबद्ध, भिभोले प्रयोगकर्ताहरूको निरन्तर विकासशील आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ र यसका लागि अत्याधुनिक प्रविधिमा केन्द्रित रहेको छ । अझै उत्साह थप्दै, हामीले प्राविधिक उत्कृष्टता रोज्ने र आफ्नो रचनाहरु मार्फत आफुलाई अभिव्यक्ति गर्न रुचाउने हाम्रो प्रशंसकहरूका लागि #vivoCoolAmbassador अभियान ल्याएका छौं,’ भिभो नेपालका जनरल म्यानेजर माईकलले भने ।

#vivoCoolAmbassador अभियानले प्रयोगकर्ताहरुलाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भभो वाई सिरिजको कूल एम्बेसेडर बन्न आमन्त्रित गर्ने कम्पनीको भनाइ छ । सहभागीहरु मध्ये सबैभन्दा बढि मनपराईएको भिडियोबाट पहिलो विजेताले भिभो वाई२७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोसुट गर्ने अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो विजेताले फोटोसुट गर्ने अवसर सहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन् ।

यो स्मार्टफोन उपभोक्ताहरूका लागि रु २४,९९९ को मूल्यमा भिभोका रिटेल आउटलेटहरू र इकमर्स प्लेटफार्महरूमा उपलब्ध हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिट्रोन सी३ र ईसी३ मा सांग्रिला मोटर्सले ल्यायो ‘फेस्टिभ अफर’

काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत बिक्रेता सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन सी३ (आईसीई इन्जिन) …

प्रतिकृया दिनुहॊस