कामना सेवा बैंकको साधारणसभा मिति तय, कहिले छ बुकक्लोज ?

काठमाडौं । कामना सेवा विकास बैंकले १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारण सभा आउँदो पुस १७ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाका लागि बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ मंसिर २९ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

बैंकले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु स्वीकृत गर्नेछ। उक्त आर्थिक वर्षका लागि बैंकले लाभांश प्रस्ताव गरेको छ। त्यसैले शेयरधनीहरुको हात खाली हुने भएको छ।

उक्त आर्थिक वर्षको अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने बैंकले निर्णय गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच …

प्रतिकृया दिनुहॊस