उत्कृष्ट कार्यसम्पादन गरेकोमा ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौं’ पहिलो, पायो प्रशंसा पत्र

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौं बागमती प्रदेशमा १३ संस्थामध्ये प्रथम भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रम’ को अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंलाई सम्मन गरेको हो ।

गत आवमा सम्पादित स्वास्थ्य कार्यक्रमहरु तथा सेवा प्रवाह आदि मुख्य मुख्य सूचकहरुको आधारमा मुल्याङ्कन गर्दा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौंले बागमती प्रदेशमा रहेको १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु मध्ये प्रथम स्थान प्राप्त गरेको छ । काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका मातहत १्र१ वटा गरी जम्मा ५ वटा आयुर्वेद औषधालयहरु सञ्चालनरत छन् ।

साथै बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका र शङ्खरापुर नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र द्वारा सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रहरु सञ्चालनरत छन् ।

विसं २००८ सालमा काठमाडौं जिल्लाको फर्पिङमा बागमती अञ्चल आयुर्वेद औषधालयको स्थापना भएको थियो । पशुपति क्षेत्रको आसपासमा यसको आवश्यकता महसुस गरी फर्पिङमा साधारण औषधालय राखी विसं २०५८ सालमा जयवागेश्वरी, काठमाडौंमा स्थानान्तरण गरिएको हो । हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको रूपमा नाम रूपान्तरित यो संस्था काठमाण्डौ महानगरपालिकाको सिनामङ्गलमा भाडाको भवनमा अवस्थित छ । हाल यो बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा छ ।

  • विज्ञप्ति :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री