हाम्रो कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : नेपाल एयरलायन्स

काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्नो कारण युरोपेली युनियन (ईयू) को कालोसूचीबाट नेपाल नहटेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेको छ । आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण आएको भन्दै नेपाल वायुसेवा निगमले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएको हो ।

युरोपियन युनियनबाट २९ नोभेम्बर २०२३ मा नागरिक उड्डयन प्राधिकरण पत्र पठाउँदै नेपाली आकाश कालो सूचीमै रहेको जानकारी दिएको थियो । त्यसमा नेपाल कालोसूचीबाट नहट्नुको कारण प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू नभएको कारण स्पष्टसँग लेखिएको विषय निगमले जानकारी दिएको छ ।

प्रवक्ता रमेश पौडेलले प्राधिकरणलाई लेखिएको पत्रमा स्पष्टसँग लेख्दालेख्दै सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार आएको दाबी गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री