काठमाडाैं । नबिल बैंकले कम्पनीको ३९ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश यसअघि नै घोषणा गरिसकेको छ ।
बैंकको मङ्सिर १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो ।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहॊस