[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । ‘रारा’ शब्दको अर्थ हुन्छ ‘आकाशको तारा, स्वर्गकी अप्सरा, धर्तीको चाहिँ रारा’ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ ।
सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।
रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ ।
विभिन्न रंगी बिरंगी फूलहरू पहिरिएर स्वर्गकी अप्सराझैं देखिने रारा तालको शोभा रारा निकुञ्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएको छ । सिस्ने र कान्जिरोवा हिमाल रारामा डुबुल्की मारिरहको दृश्यले वर्णन गर्ने शब्द नै नभएको महसुस गराउँछ । पर्यटनको उज्ज्वल भविष्य बोकेको रारा ताललाई हेर्न जोकोही आतुर र लालायित छन् ।
प्रतिकृया दिनुहॊस