सांकेतिक तस्बिर

सिकार खेल्न गएका ७ जनाको टोलीका सञ्जीवको गोली लागेर मृत्यु, ६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका-२ स्थित झुलेमा भरुवा बन्दुक पड्केर युवकको मृत्यु भएको छ । झुलेका स्थानीय २० वर्षीय सञ्जीव सार्कीको जङ्गलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुकले लागेर मृत्यु भएको हो ।

दोलखाका प्रहरी, प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी दीपक खड्काकाअनुसार गएराति डाँडाबारी जङ्गलमा सार्कीसहित ७ जनाको टोली सिकार खेल्न गएका थिए । सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको ‘बट’ भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको उनीसँगै गएकाहरूले बताएको डिएसपी खड्काको भनाई छ ।

छर्राले लागेपछि सार्कीलाई तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याइएको थियो । आज बिहान ३ बजे अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको हो ।

सार्कीसँगै सिकार खेल्न गएका तामाकोशी गाउँपालिका-३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जीव पोख्रेल, तामाकोशी गाउँपालिका-२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको डिएसपी खड्काको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस