मेटलाइफ एसियाका क्षेत्रीय प्रेसीडेन्टले गरे नेपाल भ्रमण

काठमाडौँ । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ ।

नोभेम्बर २९ मा आफ्नो एक दिने भ्रमणको क्रममा ओलिभरले कर्मचारी र अभिकर्ताहरूसँग भेटघाट गर्ने लगायत धेरै कार्यक्रमहरूमा भाग लिए, जसले नेपालमा मेटलाइफका सबै सरोकारवालाहरूलाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाएको बताइउको छ ।

ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष रहेका छन् । उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा सेवा गरे । उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिंगहरू भइसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य तथा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष रहेका छन् ।

मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रूपमा सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस