हेलमेटभित्र १० लाख राखेका २३ वर्षीय उमेश पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरीले स्रोत नखुलेको दस लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको रकमसहित प्रहरीले भारतको पूर्वी चम्परण रक्सौल ७ अरुवाटोल बस्ने २३ वर्षीय उमेश यादवलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ बी आर ०५ ए आर ८१०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका डिएसपी संगम श्रेष्ठले जनाएका दिए । चेकजाँच गर्ने क्रममा यादवले प्रयोग गरेको हेलमेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको स्रोत नखुलेको नेपाली रुपैयाँ दस लाख बरामद गरिएको हो ।

उनलाई रकमसहित आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उग्रतारा मेलामा देउवा दम्पती (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध डडेल्धुराको उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सकिएको छ । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले स्थानीय वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहॊस