धुलिखेल आगलागीमा ९ लाख बराबरको क्षति

काठमाडौँ । काभ्रेको धुलिखेलमा एक घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ । मंगलबार बिहान पौने ४ बजे धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धितालको तीन तले घरमा आगलागी भएको हो ।

आगलागीबाट पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुस काट्ने मेसिन, ७० मुरी मकै, ३ मुरी गहुँ, दुई मुरी धान, एक मुरी जैँ घाँस, खाद्यान्न, भाडाकुँडा, पराल र गाइगोठ गरी जम्मा ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस सम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री