अध्यक्ष चन्दले गरे प्राध्यापकहरुसँग छलफल

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले प्राध्यापकहरुसँग छलफल गरेका छन् । अध्यक्ष चन्दले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति समेत रहेका प्राध्यापक डा. नन्द बहादुर सिंह, नेपाल प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचीव प्राध्यापक डा. जिवेन्द्र देव गिरि र उपप्राध्यापक थानेश्वर लामिछानेलाई गाउँपालिकामा स्वागत गरेका हुन् ।

उनले प्राध्यापकहरुसँग सिम्ता गाउँपालिकालाई समृद्ध बनाउने विषयमा सल्लाह सुझाव पनि लिएका छन् । अध्यक्षमा निर्वाचित भएपछि चन्दले विभिन्न विषयका विद्वानहरुलाई गाउँपालिका भ्रमण गराइरहेका छन् । स्थानीय तहलाई सवल बनाउन विद्वानको राय सुझावलाई नीति कार्यक्रममा ढाल्ने नीति चन्दको छ ।

प्राध्यापकहरुसँगको छलफलमा उपाध्यक्ष गोमा शर्मा रेग्मी, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली लगाएत अन्य कर्मचारी थिए । सिम्ता गाउँपालिकाले अतिथिहरुलाई (सिम्ता डायरी) दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस