सुनको मूल्यमा कीर्तिमान, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यववसायी महासंघकाअनुसार तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो ।

आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप