नबिल बैंकले ११ प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडाैं । नबिल बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। गत वर्ष भने बैंकले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो।

गत वर्षको तुलनामा बैंकको लाभांश दर घटेको छ भने बैंकले नगद लाभांशलाई जोड दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस