यी हुन् राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी (सूचीसहित)

काठमाडौँ । कर दिवसको अवसरमा सरकारले राज्यलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ । आन्तरिक राजश्व विभागले व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई सम्मानित गरेको हो ।

आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान दिइएको छ । देशमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर्ने लक्ष्यसहित करदातालाई सम्मानित गरिएको हो ।

विभागका अनुसार व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिर्नेको सूचीमा विजयबहादुर शाह छन् । उनलाई यही विधामा अर्थमन्त्री डा.प्रकाशशरण महतले सम्मानित गरेका हुन् ।

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका सञ्चालक शाह हिमालयन डिष्टिलरिजका अध्यक्ष समेत हुन् । यसबाहेक उनको लगानीमा एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी लगायतका कम्पनी छन् ।

यस्तै, राज ब्रुअरी, जेजीआई डिस्ट्रिब्यूसन, फुड एन्ड बेभरेज लगायतका कम्पनी छन् ।

यस्तै, सूर्य नेपालले लगातार ५ वर्षदेखि सबैभन्दा धेरै कर तिर्ने कम्पनी र सबैभन्दा धेरै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशूल्क तिर्ने कम्पनीका रुपमा दुई विधामा सम्मान भएका छन् ।

अर्काे संस्थागततर्फ नेपाल दूरसञ्चार प्राधिकरण सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । धेरै निर्यात गर्ने विधामा डाबर नेपाल, विशेष उद्योगतर्फ एसियन पेन्ट्स सम्मानित भएको छ । कृषितर्फ ओबीसी फिड एन्ड फिड्स सम्मानित भएको छ ।

बैङ्कतर्फ सबैभन्दा धेरै कर तिर्ने ग्लोबल आईएमई बैंक सम्मानित भएको छ । यस्तै, छिमेक लघुवित्त, नोबेल मेडिकल कलेज र एलआईसी नेपालले समेत आ–आफ्नो क्षेत्रमा सबैभन्दा धेरै कर बुझाएर सम्मानित भएका छन् । मनकामना केबलकार, भाटभटेनी सुपर मार्केट समेत सम्मानित भएका छन् ।

सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएर कर तिर्ने कम्पनीको सूचीमा आईएमई रेमिट् पर्दा ऊर्जामा भोटेकोसी जलविद्युत आयोजना सम्मानित भयो । यस्तै, मध्यम स्तरीय करदातामध्ये सबैभन्दा धेरै कर बुझाएको नेपाल स्टक एक्सचेन्जले पनि सम्मान पायो ।

त्यस्तै स्वास्थ्य विधामा तेस्रो पटक पनि नोबेल अस्पताल विराटनगर परेको छ । उक्त अस्पतालका संचालक नेपाली कांग्रेसका नेता डा सुनिल शर्मा हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला …

प्रतिकृया दिनुहॊस