डिशहोम मेगास्टारलाई १० लाखको पुरस्कार

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार, सिजनकै मेगा स्टार’ योजनाअन्तर्गत आगामी हप्ता मेगास्टार घोषणा हुँदैछ । आगामी ११ मंसिरमा लक्की ‘ड्र मार्फत’ डिशहोम मेगा स्टारको छनोट हुनेछ ।

गत असोज १ देखि मंसिर ११ गते मध्याह्न १२ बजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु उक्त योजनामा सहभागी हुन सक्नेछन् । यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव गर्ने मौका पाउने डिशहोमले जनाएको छ ।

यसअघि हरेक हप्ता सुपरस्टार योजनाअन्तर्गत एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकको घोषणा गरिसकिएको छ ।

यो योजनाको अन्तिममा मेगास्टार बन्नेले १० लाख रुपैपाँ पाउनेछ । मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरी योजनामा सहभागी हुन मिशहोमले भनेको छ । डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस