युद्धग्रस्त गाजाको अल शिफा अस्पतालमा जन्मिएका २८ शिशु इजिप्ट लगियो

एजेन्सी । युद्धग्रस्त गाजाको अल शिफा अस्पतालमा समयअघि नै जन्मेका ३१ शिशुमध्ये २८ जनालाई इजिप्ट लगिएको छ । बीबीसीका अनुसार विश्व स्वास्थ्य संगठनले यीमध्ये १२ जना बालबालिकालाई थप उपचारका लागि कायरो लगिएको छ । उनीहरूलाई ‘गम्भीर संक्रमण’ भएको बताइएको छ ।

गाजाको इन्डोनेसियाली अस्पतालका निर्देशकले बीबीसीसँग भनेका छन्, ‘अझै पनि ‘रोकिँदै रोकिँदै गोलीबारी’ भइरहेको छ । विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणलाई ‘भयानक’ भनेको छ, जसमा १२ जना मारिएका छन् ।

अस्पताल प्रशासनले आक्रमण इजरायली सेनाले गरेको बताए पनि इजरायलले भवन भित्रबाट गोली चलाइएको दाबी गरेको छ । गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट हालसम्म १३ हजार ३ सय प्यालेस्टेनी मारिएको जनाएको छ । जसमा ५ हजार ६ सय बालबालिका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस