काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बैंकले लाभांश घोषणा गरेको हो।
बैंकले गत आवको नाफाबाट १०.५५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। जसमा ३.७५ प्रतिशत बोनस र करसहित ६.८० प्रतिशत नगद लाभांश दिने भएको हो।
बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
प्रतिकृया दिनुहॊस