बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
घर नजिकै जंगलको बाटोमा बाख्रा चराउँदै गर्दा बाघले आक्रमण गरेपछि राजापुर नगरपालिका–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारको मृत्यु भएको हो ।
बाघको आक्रमणबाट घाइते सुनारलाई बर्दिया अस्पताल गुलरियामा पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
उनलाई बाघले आक्रमण गरेको स्थान नेपाल भारत सिमाना नजिक पर्दछ ।
प्रतिकृया दिनुहॊस