बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

घर नजिकै जंगलको बाटोमा बाख्रा चराउँदै गर्दा बाघले आक्रमण गरेपछि राजापुर नगरपालिका–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारको मृत्यु भएको हो ।

बाघको आक्रमणबाट घाइते सुनारलाई बर्दिया अस्पताल गुलरियामा पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनलाई बाघले आक्रमण गरेको स्थान नेपाल भारत सिमाना नजिक पर्दछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री