कुकुरको मासु उपभोगमा दक्षिण कोरियाले प्रतिबन्ध लगाउने

एजेन्सी । दक्षिण कोरियामा शताब्दीयौंदेखि चलिआएको कुकुरको मासु खाने परम्परामाथि प्रतिबन्ध लगाइने भएको छ । जनावर तथा कुकुरबारे जनचेतना फैलाउन कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । दक्षिण कोरियाको सत्तारुढ दलका प्रमुखले आफ्नो पार्टीले कुकुरको मासु खान प्रतिबन्ध लगाउन सक्ने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कोरियाली कुकुर खाने प्रचलनको विदेशमा आलोचना भएसँगै आन्तरिक स्तरमा पनि यसको विरोध बढिरहेको छ । जसका कारण हालैका वर्षहरूमा दक्षिण कोरियाका युवाहरूले कुकुरको मासु खानबाट जोगिइरहेका छन् र यसको विरोध पनि गरिरहेका छन् ।

‘कुकुरको मासु उपभोगमा विशेष ऐन बनाएर सामाजिक विवाद अन्त्य गर्ने बेला आएको छ,’ सत्तारुढ पीपुल्स पावर पार्टीका नीति प्रमुख यु इउई डोङले सरकारी अधिकारीहरूसँगको भेटमा भने । सरकार र सत्तारुढ दलले यसै वर्ष प्रतिबन्ध कार्यान्वयन गर्न विधेयक ल्याउने युले बताए । बैठकमा कृषि मन्त्री चुङ ह्वाङ क्युनले सरकारले छिट्टै प्रतिबन्ध लागू गर्ने र कुकुरको मासु उद्योगमा संलग्न व्यक्तिहरूलाई आफ्नो व्यवसाय बन्द गर्ने राम्रो अवसर खोज्ने अनुमति दिने बताए ।

कुकुरको मासु खानु कोरियाली प्रायद्वीपमा शताब्दीयौं पुरानो परम्परा हो र कुकुरको मासु खानु भनेको गर्मीबाट बच्ने उपायको रूपमा हेरिन्छ । दक्षिण कोरियाका पशु अधिकार समूहहरूले कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारीमा खुशी व्यक्त गरेका छन् ।

ह्युमन सोसाइटी इन्टरनेशनलले एक विज्ञप्तिमार्फत भन्यो, ‘हामी सबैले क्रूरता अन्त्य गर्न नेतृत्व गरेको जटिल अभियान सपना जस्तै थियो तर अब साकार हुने अवस्थामा छ ।’ रोयटर्सका अनुसार गत वर्ष ग्यालप कोरियाको सर्वेक्षणले ६४ प्रतिशत मानिसले कुकुरको मासुको विरोध गरेको देखाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस