चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भयो नेपाल

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

यस सिरिजमा नेपाल समूह चरणमा जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । जापानले भने समूह चरणका तिनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार बेहोरेको छ । यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस