चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड-पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले चाड-पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको उल्लेख गरे ।

छठ नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र पर्व हो । सभापति देउवाले यस पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । उनले नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाज भएको मुलुक भएको उल्लेख गर्दै यी प्रत्येक धार्मिक र सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताए ।

सभापति देउवाले छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभ-कामना व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, पुरस्कृत भए यी ४० जना (नामसहित)

काठमाडौं । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।

प्रतिकृया दिनुहॊस