हमासले बन्धक बनाएकी क्यान्सरपीडित महिलाको शव फेला पारेको इजरायलको दाबी

एजेन्सी । गाजामा हमासले बन्धक बनाएकी एक महिलाको शव फेला पारेको इजरायली सेनाले बताएको छ । आक्रमणका क्रममा हमासले ती महिलालाई बन्धक बनाएको इजरायली सेनाको दाबी छ ।

इजरायल डिफेन्स फोर्सका अनुसार ६५ वर्षीया इजरायली महिला येहुदित वेइसको शव अल–सिफा अस्पताल नजिकैको घरमा फेला परेको हो । बन्धकहरूलाई रिहा गर्न माग गर्दै आएको संस्था ब्रिङ द देम होमका अनुसार ती महिलालाई स्तन क्यान्सर भएको थियो ।

अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती महिला आफ्नो रोगबाट निको हुँदै थिइन् । बन्धक बनाएको अवस्थामा उनले औषधि सँगै लान पाएकी थिइनन् । इजरायली सेनाले हमासले आक्रमणका क्रममा २४० इजरायली नागरिकलाई बन्धक बनाएको दाबी गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘सीआईडी’ का इन्स्पेक्टर दिनेश फडनिसको निधन

एजेन्सी । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम ‘सीआईडी’ का अभिनेता दिनेश फडनिसको निधन भएको छ । …

प्रतिकृया दिनुहॊस