काठमाडौं । अलराउण्डर इन्दु वर्मा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार हङकङ टुरको लागि घोषणा गरेको टोलीमा इन्दुलाई कप्तानको जिम्मेवारी दिइएको हो ।
यसअघि टोलीको कप्तान रहेका रुविना टोलीको सदस्य रहँदा बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ । पूर्व उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छन् । टोलीमा कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहेका छन् ।
नेपालले हङकङमा चार देश सम्मिलित टि२० सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्ने छन् । नेपालले कार्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।
प्रतिकृया दिनुहॊस