सिद्धार्थ एक्वायर गरेपछि जनताको एकिकृत कारोबार आरम्भ

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक अक्वायरपछि जनता बैंकले एकिकृत कारोबार सुरु गरेको छ । एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले आरम्भ गरेका हुन् ।

बैंकको निक्षेप ५० अर्ब पुगेको छ भने कर्जा ४५ अर्ब रहेको छ । ७ अर्ब चुक्ता पुँजी पुर्याएको बैंकले आगामी बोनस सेयर दिएर ८ अर्ब पुँजी पुर्याउने बताएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बाणिज्य बैंक तर्फ सबै भन्दा धेरै उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बैंकका रुपमा जनता बैंक स्थापित भैसकेको बताए ।

बैंकमा कर्मचारीको संख्या एक हजार पुगेको छ । प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बैंकको शाखा विस्तार नभएका १४ जिल्लाका १५ स्थानीय तहमा बैंकले शाखा विस्तार गर्ने तयारी गरेको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले सिद्धार्थ बैंकलाई अक्वायर गरेसँगै जनता बैंकको प्रतिष्पर्र्धी क्षमता थप बढ्ने बताएका थिए । उनले सबै जनतामा पुग्ने लक्ष्य अनुसार जनता बैंकले न्युनतम शुल्कमा छिटो छरिटो र विश्वनिय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस