ghanashyam-1698234570/ढोग्न नमानेपछि घनश्याममाथि निर्घात कुटपिट

ढोग्न नमानेपछि घनश्याममाथि निर्घात कुटपिट, उपचारका क्रममा मृत्यु

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । सल्यानमा कुटपिटबाट घाइते भएका युवकको उपचारका मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका- ७ कोटबाराका २० वर्षीय घनश्याम वलीको मृत्यु भएको हो ।

बागचौर- ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले घनश्याममाथि कात्तिक ४ गते कुटपिट गरेका थिए । घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए ।

उनकाअनुसार कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन् । केशर फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । ‘मंगलबार मात्रै प्रहरीलाई घटनाबारे जानकारी दिइएको थियो,’ डिएसपी कार्कीले भने, ‘भलिबल खेल हेर्न गएका घनश्याम माथि अनाहकमा दुई युवाले मिलेर कुटपिट गरेका थिए ।’

प्रत्यक्षदर्शीहरूका अनुसार केशर र सन्तोषले घनश्यामलाई ‘दाइहरूलाई ढोग्’ भनेका थिए । घनश्यामले उनीहरूलाई ढोग्न मानेनन् । त्यही बहानामा घनश्यामलाई उनीहरू दुई जना मिलेर निर्घात कुटपिट गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस