chandraghanta/चन्द्रघण्टा भगवतीको पूजाआराधना

बडादसैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजाआराधना

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदैछ । दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ । चन्द्रघण्टालाई नवदुर्गा मध्ये एक देवीको स्वरुप मानिन्छ ।

दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । हिन्दु धर्म, संस्कृतिअनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामी माथि सधैँभरि रहन्छ भन्ने पुराणमा उल्लेख छ ।

नवरात्र सुरु भएसँगै आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस