[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा धार्मिक क्षेत्रको दर्शन गरेका छन् । बिहीबार नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेका हुन् ।
उनले बिहीबार बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेको बताइएको छ ।
सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका थिए । प्रधानमन्त्री मोदीसँगै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि थिए ।
मोदीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा धार्मिक क्षेत्रको दर्शन गर्दा नेपाल सरकारले भने यसबारेमा कुनै जानकारी दिएको छैन् ।



