रोकियो सहसचिव र उपसचिवको विज्ञापन

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । लोकसेवा आयोगले वार्षिक कार्यतालिका अनुसार आज सहसचिव र उपसचिव तहको विज्ञापन प्रकाशन गर्नुपर्ने थियो ।

तर आयोगले बुधबार बिहान विज्ञापनको सूचना प्रकाशन गर्नुपर्नेमा विशेष कारणवश विज्ञापन प्रकाशन गर्न नसकिएको सूचना सार्वजनिक गरेको छ ।आयोगले यी तहको विज्ञापन नखुलाई विशेष कारण देखाएर विज्ञापन रोकेको सूचना प्रकाशन गरेको हो ।

आयोगले एक सूचना प्रकाशन गर्दै भनेको छ,आयोगको वार्षिक कार्य तालिका २०८०/ ०८१ अनुसार मिति २०८० असोज २४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा मंगलबारको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर उक्त विशेष कारण के हो त्यो भने खुलाएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस