नेपाल लाइफ क्यापिटलद्वारा मधेस प्रदेशको जनकपुरमा वित्तीय साक्षरता

काठमाडौँ । नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेस प्रदेशको जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

दिउँसो ३ बजेदेखि ६ बजेसम्म मसला, कटेज– जनकपुरधाम, जनकपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवीन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्त्व बारे प्रकाश पारेका थिए ।

उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए ।

कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उनले शेयर बजारको महत्त्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने जोड दिए । उनले धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी दिए ।

नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले एक–एक गरी सहभागीहरूको जिज्ञासाको जवाफ दिए । उनले सहभागीहरूलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी प्रदान गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने …

प्रतिकृया दिनुहॊस