igrial/इजरायलमा हमासको हमला : नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

इजरायलमा हमासको हमला : नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । इजरायलमा आक्रमणमा कम्तीमा पनि २३२ जनाको मृत्यु भएको छ । इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २ सय ३२ जनाको मृत्यु भएको हो ।

दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ । विद्रोही सेनाको आक्रमणपछि सरकारी फौजले गाजाको प्यालेस्टिनी एन्क्लेभमा प्रतिकार गर्दा कम्तिमा २३२ जनाको मृत्यु र १६ सय भन्दा धेरै घाइते भएका हुन् ।

शनिबार साँझ इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारीअनुसार हमासको हमलामा नौजना नेपाली घाइते भएका छन्, जसमध्ये दुई गम्भीर छन् । घाइते नेपाली सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका विद्यार्थी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो ।

इजरायलको अर्को सहरमा रहेका त्यही समूहका एक विद्यार्थीले भने, ‘किबुजको कृषि फार्ममा १७ जना साथी छन् । गाजापट्टीबाट शनिबार बिहानै आएर आतंककारीले हमला गरेका थिए । सबै साथीहरू बंकरमा बस्नुपर्नेमा दुईजना बाहिर रहेका वेला ग्रिनेडले लागेछ । उनीहरू घाइते भए । बाँकी सबै साथीलाई बंकरभित्रै ग्रिनेडको छर्रा लागेको छ ।’

नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो ।

वक्तव्यमा भनिएको छ, नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै रहेका छौँ ।’

परराष्ट्र मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको बताएको छ। त्यसमध्ये ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । क्षतिको अरु विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ ।

इजरायलमा रहेको नेपाली दूतावास आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । दूतावासले नेपाली कामदारहरूको सुरक्षा र उद्धारका लागि इजरायली निकायहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ । त्यस्तै पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस