विश्व रेकर्ड बनाउने क्रिकेटर दिपेन्द्र सहायक हवल्दारमा बढुवा

Dipendrasingh-Airy/विश्व रेकर्ड बनाउने क्रिकेटर दिपेन्द्र सहायक हवल्दारमा बढुवा

काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपाल प्रहरीको सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले ऐरी विशेष बढुवा भएको जानकारी दिए ।

एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टी २० आई क्रिकेटमा नेपालका लागि खेल्दै ऐरीले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै विश्वकीर्तिमान कायम गरेका थिए । उनले क्वार्टर फाइनलमा भारतविरुद्धको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । ऐरी नेपाल प्रहरीको जवानमा भर्ना भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री