ज्योति विकास बैंकद्वारा ‘क्युआर अडियो अलर्ट’ प्रविधियुक्त सेवा सार्वजनिक

काठमाडौँ । ज्योति विकास बैंकले क्युआर मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली क्युआरअडियो अलर्ट डिभाइस’ सेवा ग्राहकवर्गको लागि सार्वजनिक गरेको छ।

बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको बताएको छ ।

यस सेवा अन्तर्गत क्युआर अडियो अलर्ट डिभाइसमा रहेको क्युआर कोड मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्न सकिनेछ ।

यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरी व्यवसायी तथा ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले
लिएको छ।

साथै यो प्रविधिले व्यवसायी तथा ग्राहक वर्गको मोबाइल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुने बताइएको छ। बैंकले यो सेवा बिट्स क्राफ्ट प्रा.लि. सँगको सहकार्यमा ल्याएको हो ।

आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरूले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरू मार्फत तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सकिनेछ।

बैंकले देशका विभिन्न स्थानहरूमा व्यवसायीहरूलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल बैंकिङ्गलाई थप प्रवर्द्धन गर्दै देशभरि क्युआर कोड वितरण गर्ने र डिजिटल भुक्तानी सेवा विस्तारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा क्युआरः मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after