Daraj-/दराजमा छुट र उपहारसँगै ‘दसैँ धमाका’ सुरु

दराजमा छुट र उपहारसँगै ‘दसैँ धमाका’ सुरु

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । नेपालीहरूको महान पर्व बडा दसैँलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दसैँ धमाका’
सार्वजनिक गरेको छ ।

ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दसैँ धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्राप्त गर्न सक्नेछन् भने डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फाइदा लिन सक्नेछन् ।

असोज १७ गतेबाट लागूहुने ‘दराज दसैँ धमाका’ मा ७० प्रतिशत सम्मको छुट, ७००० बराबरको भौचर जस्ता थुप्रै फाइदाहरू रहेको दराजले बताएको छ ।

यसका साथै अग्रिम भुक्तानीमा डेबिट कार्डको प्रयोगमा १५ प्रतिशत (रु १,५०० सम्म) र क्रेडिट कार्डमा २० प्रतिशत (रु २,००० सम्म) को छुट, ३५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरूले एक लाख बराबरको सपिङ्ग भौचर पनि प्राप्त गर्ने मौका रहेको बताएको छ ।

दसैँ धमाका छुट र उपहार मात्र नभएर उत्कृष्ट अनलाइन सपिङ्ग अनुभव सँगाल्दै जीवनमा उमङ्ग भर्ने अवसर रहेको भन्दै दराजले परिवार सम्पूर्णलाई ‘दराज दसैँ धमाका’मा सहभागी भएर मौकाको फाइदा लिन आग्रह गरेको छ ।

हाल दराजका सेवाहरू नेपाल, बंलादेश, म्यानमार, पाकिस्तान र श्रीलङ्का गरी ५ देशहरूमा उपलब्ध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस