sikkim/सिक्किममा बादल फाटेर बाढी, २३ सैनिक बेपत्ता

सिक्किममा बादल फाटेर बाढी, २३ सैनिक बेपत्ता

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

एजेन्सी । सिक्किममा बादल फाटेर टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । मंगलबार बिहान करिब १ बजेर ३० जाँदा लोनाक तालमा बादल खसेपछि लाचेन उपत्यकाको टिष्टा नदीमा अचानक बाढी आएको हो ।

खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको थियो, जुन बाढीले बगाएर बगाएको हो । गुवाहाटीका डिफेन्स पीआरओले भने, पानी एक्कासी बढेपछि चुङथाङ बाँधबाट पानी छोड्नुपरेको हो । यसपछि तल्लो क्षेत्रहरु पनि डुब्न थालेका छन् । यहाँ सिंगताम नजिकै बर्दाङमा पार्किङ गरेका सेनाका ४१ गाडी बगाएको छ ।’

सेनाका अनुसार बादल पड्किएपछि टिस्टा नदीको पानीको बहाव एकाएक १५ देखि २० फिटले बढेको थियो । त्यसपछि खोला आसपासका क्षेत्रहरु डुबानमा परेका छन् । खोलाको पानी धेरैको घरमा पनि पुगेको छ । मानिसहरु घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

गुवाहाटीका डिफेन्स पीआरओले दुर्घटनापछि बेपत्ता सैनिकको खोजीका लागि उद्धार कार्य सुरु गरिएको बताए । स्थानीय प्रशासनले पनि आफ्नो स्तरमा उद्धार कार्य गरिरहेको छ । यद्यपी मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस