ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ योजना, क्यू एस सिनेमाको २ वटा टिकट खरिदमा एउटा सित्तैमा पाइने

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप्लिकेशन(ग्लोबल स्मार्ट) मार्फत क्यू एस सिनेमाको २ वटा टिकटको खरिदमा १ वटा टिकट निशुल्क प्रदान गर्ने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेशनको क्यू आर कोर्ड मार्फत क्यू एस सिनेमाको टिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निःशुल्क प्राप्त गर्नेछन् । काठमाडौंको दरबारमार्ग राइजिङ्ग मलमा रहेको क्यू एस सिनेमाको टिकट खरिदमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्यू आर कोर्ड मार्फत रकम भुक्तानी हुन लागेको बैंकले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री