इक्यानसँगको सहकार्यमा सफ्टेड ग्रुपले १ करोडबढीको छात्रवृत्ति दिने

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)सँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । यस सम्बन्धमा इक्यान र सफ्टेड ग्रुप अन्तर्गतको सनवे कलेजबीच सम्झौता भएको हाे ।

मंगलबार आयोजित एक कार्यक्रमबीच इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठसहित सफ्टेड ग्रुपका डाइरेक्टर प्रमोद पौडेल, सनवे कलेजका हेड अफ अपरेसन सिमोली गौतम देशइ, इक्यानका महासचिव दीपकराज भुसाल र कार्यसमिति सदस्य उमा खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यहि २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ती सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्न सम्झौता गरिएको हो । कलेजले स्नातक स्तरको विद्यार्थीलाई वि. अस्सी. अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । यस कोर्स अन्तर्गत Data Science, Artificial Intelligence, Machine Learning, Cybersecurity, Cloud Computing, Programming, Software Engineering, Innovation साथै 1 year dedicated Professional Placement पनि संलग्न गरिएको छ ।

सम्झौता अनुसार कलेजले २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिनेछ। आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पूर्ण छात्रवृत्ति पाउनका लागि प्लसटुमा ३.६० जि पि ए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि प्लसटुमा ३.५० जि पि ए ल्याएको हुनु पर्नेछ । ३० प्रतिशत छात्रवृत्ति पाउन प्लस टुमा ३.०० जि. पि. ए. ल्याउनु पर्नेछ । आयल्समा कम्तिमा ५.५ स्कोर ल्याएको हुनुपर्ने इक्यान कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक उमा खड्काले जानकारी दिइन् ।

सनवे कलेजले नेपालमा नै अन्तर्राष्ट्रियस्तरको आइटी शिक्षा प्रदान गर्दै आइरहेको कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलले बताए । सम्झौताबाट धेरै विद्यार्थीहरू लाभान्वित हुने इक्यान उपाध्यक्ष गीता शर्मा शिवाकोटीले बताइन् ।

छात्रवृत्तिको अवसर प्राप्त गर्न चाहने विद्यार्थीले आफ्नो आवेदन [email protected] मा गई भर्न सक्नेछन् भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि आगामी नोभेम्बर ३ सम्म र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म तय गरिएको छ ।

ECAN SOFTTED Agreement

इक्यानसँगको सहकार्यमा सफ्टेड ग्रुपले १ करोडबढीको छात्रवृत्ति दिने

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस