बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पले बझाङका धेरै ठाउमा घरहरु र विद्यालयहरु भत्काएको छ भने जयपृथ्वी राजमार्गको बिभिन्न ठाउँमा पहिरो गएर बाटो समेत अवरुद्द भएको छ ।

कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस