gold dolakhaa/दोलाखामा समातिएको ११ किलो सुन प्रकरणमा चिनियाँसहित तीनजना पक्राउ

दोलाखामा समातिएको ११ किलो सुन प्रकरणमा चिनियाँसहित तीनजना पक्राउ

काठमाडौँ । दोलखामा बरामद ११ किलो तस्करीको सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।

योसँगै यस प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ ।

यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् । उनीहरूमाथि दोलखामा नै संगठित अपराध अन्तरगत मुद्दा चलिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस