buffalo/साढे दुई तोला सुनको निलेको भैंसीको शल्यक्रिया, लाग्यो ६५ टाँका

साढे दुई तोला सुनको निलेको भैंसीको शल्यक्रिया, लाग्यो ६५ टाँका

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौं । भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि शल्यक्रिया गरी निकालिएको छ । भारतको महाराष्ट्रमा एउटा भैँसीले मङ्गलसूत्र निलेको हो ।

महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको आजतकले उल्लेख गरेको छ । रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी थिइन् । नुहाइसकेपछि उनले आफ्नो मङ्गलसूत्र त्यहाँ राखिएको ध्यान नै दिइनन् ।

केही बेरमा उनले भटमास र बदामको बोक्रा भएको प्लेट भैँसीको अगाडि लगेर राखिदिइन् । पछिमात्र उनले आफ्नो गलामा मङगलसूत्र नरहेको थाहा पाइन् । त्यसपछि उनलाई नुहाउनु अघि आफूले मङ्गलसूत्र खोलेर राखेको सम्झना भयो तर, भटमास र बदामको बोक्रासहितको प्लेट त उनले अघि नै भैँसीको अगाडि राखिदिइसकेकी थिइन् । भैँसी बाँधेको ठाउँमा गएर हेर्दा प्लेट रित्तो थियो ।

त्यसपछि उनले आफ्नो पतिलाई यसबारे जानकारी गराइन् । रामहरिले यसबारे पशु चिकित्सकलाई फोनमार्फत जानकारी गराए । पशु चिकित्सकले परीक्षण गर्दा भैँसीको पेटमा धातु रहेको पत्ता लाग्यो ।

अर्को दिन पशु चिकित्सकले शल्यक्रियामार्फत भैँसीको पेट चिरेर उक्त मङ्गलसूत्र निकाले । यस क्रममा भैँसीको पेटमा ६५ वटा टाँका लगाउनु परेको बताइएको छ ।

[News from Nepal from News Dainik Latest News of Nepal]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस